Header Ads

एक विदेशी युवती जो शारीरिक असक्षमता भएका बालबालिको संरक्षक बनिन

एक विदेशी युवती जो शारीरिक असक्षमता भएका बालबालिको संरक्षक बनिन

शारीरिकरुपमा असक्षमहरु समाजमा त्यसै पनि अपहेलित मानिन्छन् । उनीहरुलाई समाजले अझै पनि सम्मानको नजरले हेर्ने गरेको पाइदैन पनि । त्यसमाथि परिवारबाट नै उनीहरुले खासै समुचित सहयोग समेत पाउदैनन । तर यस्तैमा एक विदेशी युवती मकवानपुरका शारीरिकरुपमा अपांग भएका बालबालिकाको स्याहार सुसारमा अहोरात्र खटिएकी छिन् । २१ बर्षकी एक पेनिश युवती आईना बार्का जो सन् २०१२ मा नेपाल आएकी थिईन पर्यटकका रुपमा । जो सामाजिक विषयमा स्नातक तहमा आफ्नै देश स्पेनमा अध्ययनरत थिईन् । नेपाल आएपछि उनले बौद्धिक अपाङ्गता भएका बालबालिकाको विषयमा इन्टरनेटको माध्यमबाट खोज गर्न लागिन् र मकवानपुरको हेटौंडामा अनाथ तथा अपाङ्ग बाल पुनस्र्थापना केन्दको बारेमा थोरै जानकारी पाईन् । ती विदेशी युवती पछि सो केन्द्र सम्म आएर ३ जना त्यस्ता बालबालिकाको आनीबानीको सुक्ष्म अध्ययन गर्न लागिन् आफ्नै खर्चमा । पछि उनको नेपालको पर्यटक भिसाको समय समाप्त भएर फर्कन लाग्दा ती बालबालिकाले छोडनै मानेनन् । स्पेन फर्केको केही समयको अन्तरालमा बार्का आफ्ना बाबुआमा र साथीभाईसँग केही रकम संकलन गरी नेपाल आईन् र एक्लै बौद्धिक अपाङ्गता भएका र अनाथ बालबालिकाको सेवामा दत्तचित्त भएर काम गर्न लागिन् । अहिले यस पुनस्र्थापना केन्द्रमा देशका विभिन्न क्षेत्रका गरी २९ जना त्यस्ता बालबालिका रहेका छन् । स्थान अभावका कारण करीब २० जना अपाङ्गता भएका बालबालिका यहाँ आउने प्रतीक्षामा छन् । मासिक ३ लाख खर्च हुने सेन्टरमा अहिले पनि ९० प्रतिशत उनकै पहलमा र १० प्रतिशत स्थानीय सहयोगमा विद्यालय चलिरहेको छ ।
COPY CODE SNIPPET
The Disabled Rehabilitation Centre Nepal was established in 2002 as a non profit and Non Government Organisation (NGO). Many of the founding members were people who had physical disabilities themselves. DRC Nepal is registered with the Chief District Office of Government, Kathmandu, and affiliated with the Social Welfare Council under the Ministry of Social Welfare. DRC, as an NGO aims to provide a caring Family Home, Healthcare and Education to equip children who have a physical disability or are extremely poor with the necessary life skills for them to become self reliant.
Registration Details
DRC is registered with the Chief District Office, Kathmandu and affiliated with the Social Welfare Council # 13543 under HMG Ministry of Social Welfare. DRC is also an registered NGO registration # 856/2000.

No comments